Logo

मन्त्रिमण्डल पुर्नगठनको गृहकार्य



काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएलगत्तै मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । १५ माघबाट प्रारम्भ भई सकिएलगत्तै मन्त्रिपरिषद् पुर्नगठन हुने भएको हो ।

मन्त्रिमण्डल पुर्नगठनका लागि आवश्यक गृहकार्यसमेत अगाडि बढाई सकेको स्रोतले जानकारी दिएको छ । ओली राजपालाई समेत सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुर्नठनको गृहकार्यमा छन् । राजपासँग प्रदेश २ मा गठबन्धन गरी राष्ट्रियसभामा आफ्ना उम्मेदवारहरुलाई विजयी गराएपछि ओली नयाँ रणनीतिका साथ प्रस्तुत भएका हुन् । उनले राजपालाई दुई मन्त्रालय र उपसभामुख दिने तयारी गरेको बुझिएको छ ।

राजापालाई सरकारमा ल्याउन संविधान संशोधनको उधारो सहमती गर्ने तयारी समेत भएको छ । राष्ट्रिय सभा निर्वाचनबाट नेकपाको तर्फबाट विजयी भएका १६ नयाँ अनुहारलाई समेत ध्यानमा राखेर मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय सभाको रिक्त १८ स्थानमध्ये नेकपाले १६ स्थानमा उम्मेदवारी दिएको र कुनै पनि राष्ट्रिय सभा सदस्यलाई नदोहोर्याएको परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपतिले मनोनित गरेमा युवराज खतिवडा पनि राष्ट्रिय सभाका लागि नदाहोरिने भएका छन् ।

यस्तो अवस्थामा अर्थमन्त्री समेत नयाँ नियुक्ति गर्नुपर्ने अवस्था आउने छ । यसकारण पनि मन्त्रिपरिषद् पुर्नठनको गृहकार्य भएको हो । प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिमण्डल पुर्नगठन गर्दा नै फागुनमा समिक्षा गरी पुनः कदम चाल्ने संकेत गरेका थिए । यसपटक निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई पनि अवसर दिने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot