Logo

तीन सय विद्युतीय बसको टेन्डर खोल्ने तयारी



काठमाडौं, माघ १६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बतायो ।

मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल्नेगरी काम गरिरहेको छ । सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताए ।

असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयमार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू। ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको आजको आर्थिक अभियान खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot