Logo

कोरोना भाइरसः विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा



काठमाडौं, माघ १७ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसबाट विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

हाल चीनसहित विश्वका १६ देशमा फैलिसकेको संक्रमणबाट विश्वव्यापी नयाँ आपतको रुपमा लिदै डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको घाषणा गरेको हो

बीबीसीका अनसार विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन् । चीनको वुहान सहरको यात्रा गर्नेहरुमा यो भाइरस फेला परेको छ ।

यद्यपि, चीनबाहिर ९८ जनामा यस्तो संक्रमण भेटिए पनि मृत्यु भने भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot