Logo

एमसीसी पारित नभए के होला ?



काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमितिका अधिकांश सदस्ये अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहयोग लिनुहुँदैन भन्नेमा जोड दिए । थोरैले मात्र यसको पक्ष लिएपनि सैन्य रणनीति होइन भनी प्रष्ट भएपछि मात्र लिनुपर्छ भने ।

नेकपाभित्र अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डको नै एमसीसीबारे मत बाझिाएको देखियो । केन्द्रीय कार्यसमिति बैठकमा ओली र प्रचण्डको मत बाझिएको सन्देश गएको स्थायी समिति सदस्य विष्णु रिजालले बताएका छन् । अर्कोतर्फ, केन्द्रीय समितिमा अमेरिका विरोधी आवाज स्पष्ट सुनिए ।

जतिसुकै विरोध गरेपनि एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली देखिएका छन् । अर्का अध्यक्ष प्रचण्ड चाहिं यसबारे अझै सोचिनुपर्ने भन्दै आएका छन् । नेकपाले टुंगो नलगाएसम्म एमसीसी निर्णयमा पुग्दैन किनभने संसदमा नेकपाको बहुमत छ ।
नेकपाले यसबारे टुंगो लगाउने वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल पनि गठन गरेको छ । यसको प्रतिवेदनका आधारमा सचिवालयले निर्णय लिनसक्छ । नभए अध्यक्षद्धयमा निर्णायधिकार जानसक्छ ।

एमसीसी पारित हुने सम्भावना बलियो छ । स्वयं प्रचण्ड निकटस्थ नेताहरुले पनि यो पारित हुने बताइसकेका छन् । टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलले एमसीसी पारित हुने बताएबाट यसको संकेत मिल्छ । तर, राजनीतिमा कहिलेकाहीं यताउता हुनसक्छ । यदि एमसीसी पारित नभए प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब पर्न सक्छ । यसले उनी कमजोर ठहरिन सक्छन् । आफ्नो कार्यनीति कमजोर नभएमा सरकारको भविष्यमा समेत चुनौती बढ्न सक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot