Logo

पहिलो टेस्टटुयुब बेबीको व्रतबन्ध



काठमाडौ, माघ २३ । नेपालको पहिलो टेष्ट ट्युब बेबीको ब्रतबन्ध भएको छ । स्वयम्भुको भगवानपाउस्थित जगतप्रकाश गुम्बामा ओममणी तामाङको ब्रतबन्ध भएको हो ।

उनी नेपालको पहिलो टेस्टट्युब बेबी भएकाले ब्रतबन्धमा धेरैको ध्यानाकर्षण भएको थियो । लामा परम्परा अनुसार बौद्ध भिक्षुहरुले पुजापाठ गरी उनको व्रतबन्ध गरेका थिए ।

सामान्तः अन्य जातजातिको व्रतबन्धमा कपाल खौरेर गर्नै चलन देखिन्छ । तर उनको व्रतबन्ध कपाल नखौरी छोटो मात्र पारेर गरिएको थियो । बौद्ध धर्मअनुसार व्रतबन्धमा कपाल खौरिने चलन हुदैन । लामा गुरुङहरुले पहिला टुपी काट्छन अनि उसका मामाहरुले कपाल सानो पािरी काटीदिएपछि व्रतबन्ध पुरा हुन्छ । कार्यक्रममा उनका आफन्तहरुले विभिन्न उपहार र दिदै आशिष दिएका थिए ।

ओम अस्पतालमा उनको जन्म भएको थियो । त्यसैले उनको नाम नै ओममणि राखिएको थियो । (अन्नपुर्ण पत्रिका बाट)- Photo Source: Indra Chaudhary, Annapurnapost



प्रतिक्रिया दिनुहोस्