Logo

गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएपछि बुढानिलकण्ठमा कांग्रेस नेताहरुको आकस्मिक बैठक



काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस शीर्ष नेताहरु आकस्मिक भेला भएका छन् ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले हिजोमौ उपसभापति गच्छदारमाथि साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार कांग्रेस शीर्ष नेताहरु अहिले सभापति देउवाको निवास बुढानिलकण्ठमा भेला भएका छन् ।

उनले भने,‘शीर्ष नेताहरुमात्रै होईन, कानूनविदहरूलाई समेत परामर्शका लागि बैठकमा बोलाईएको छ ।’ उनकाअनुसार बैठकको लागि बरिष्ठ रामचन्द्र पौडेलसमेत यतिवेला बुढानिलकण्ठ पुगिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आज बस्ने संसद बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले यो प्रकरणमा आवाज उठाउने भएकी छिन् । संसदीय दलका उपनेता समेत रहेका उपसभापति गच्छदारमाथि राजनीतिक पूर्वाग्रह साँधिएको कांग्रेसको निश्कर्ष छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot