Logo

चीनमा कोरोना भाइरसविरुद्व औषधी र थेरेपी अनुसन्धान तिव्र



एजेन्सी, ९ फाल्गुन । चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्व औषधी र थेरेपीको कामलाई तीव्र गति दिएको छ । यसका लागि वैज्ञानिक अनुसन्धानहरु भइरहेका छन् ।

चिनियाँ अधिकारीले यसबारे जानकारी दिएका छन् । कन्भलेसेन्ट प्लाज्मा थेरेपीले कोरोना संक्रमित व्यक्तिलाई हदसम्म निको पार्न सक्ने विज्ञान र प्रविधिका उपाध्यक्ष जु नानपिंगले जनाएका हुन् । उपचार भएका मानिसको शरिरबाट प्लाज्मा निकालेर थेरेपीको कार्यबाट अन्य संक्रमित व्यक्तिको उपचारमा लागु गर्ने जनाइएको छ ।

अहिलेसम्म उक्त थेरेपी ११ जना संक्रमित व्यक्तिमाथि लागु गर्दा ६ जना मानिसमा सुधार भएको बताइएको छ । कुनैपनि संक्रमित व्यक्तिलाई दुई अथवा तीन दिनसम्म थेरेपी दिने व्यवस्था रहेको छ । कोरोनाको संक्रमणमा गम्भीर बिरामी भएका व्यक्तिमाथिमात्र उक्त थेरेपी प्रयोग गर्ने जनाइएको छ । चिनयिाँ अधिकारीहरु ११ प्रान्तमा संक्रमणबाट ठिक भएको व्यक्तिबाट प्लाज्मा संकलन गर्न सुरु गरेको समेत जनाएको छ । हालसम्म नयाँ कोरोना भाइरसको संक्रमणमा परि ७५ हजार भन्दा बढीको मूत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्