Logo

नेपाल छाड्दै सुजाता?



काठमाडौं,फागुन १४ । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जान लागेकोे दाबीसहितकोे समाचार बाहिर आएको छ ।

बुधबार प्रकाशित हुने एक पत्रिकाका अनुसार उनले बुवा पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् अधिकांश सम्पत्ति बिक्री गरिसकेको र बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् ।अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएको खवरमा जनाइएको छ ।

सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएका कारण पनि उनी लामो समय नेपालबाट बाहिरिन चाँहेको अनुमान लगाउन सकिन्छ ।

बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेकोसमेत समाचारमा जनाइएको छ ।प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेको आजको घटना र विचार साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot