Logo

वैदेशिक रोजगारीमा पनि कोरोनाको असर



काठमाडौं, १६ फागुन । विश्व हल्लाउन सफल रोग हो कोरोना । यस्को असर आज विश्वका प्रत्योक जस्तो क्षेत्रमा पर्दे गएको छ । त्यस्को असर कामदारमा त झन नपर्ने कुरै भएन । चीन, कोरिया लगायत कोरोनाबाट अति प्रभावित मुलुकसागको आवागमनमा कडाइ नगर्ने हो भने थेग्नै नसकिने समस्या पनि आइलाग्न सक्छ ।

रोजगारीको लागि कोरिया जाने कामदारमा पनि यस्को असर देखिएको छ । गत हप्तासम्म निर्बाध रुपमा कामदार कोरिया गइरहेका थिए । तर अहिले कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गएपछि तत्कालका लागि त्यहाँको रोजगारीमा पठाउने प्रक्रिया स्थगित गर्ने तयारी भएको हो ।

आउँदो आइतबार कोरिया उड्न ठिक्क परेका कामदार समेत अब जान नपाउने भएका छन् । प्रतीक्षा सूचीमा रहेका कामदारलाई रोजगारदाताले पठाउन अनुमति दिए पनि जोखिम हुने भन्दै प्रक्रिया रोक्न प्रधानमन्त्रीको कार्यालय तथा अन्य मन्त्रालयले श्रम मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी तवरमा १२ वर्षअघि नेपाली कामदार कोरिया जान थालेका हुन् । ३ वर्षअघि भाषा परीक्षा पास गरेका कामदार समेत प्रतीक्षासूचीमा छन् । उता कोरियामा रहेका नेपालीले हिँडडुल गर्न नपाएको र कोठाभित्रै बस्नु परेको भन्दै दूतावासमा गुनासो गरिरहेका छन् । कोरिया सरकारले संक्रमण नियन्त्रणका लागि प्रभावकारी तवरले काम गरिरहेको हुँदा संयमित हुन कोरियास्थित नेपाली दूतावासले त्यहाँका नेपालीलाई आग्रह गर्दै आएको छ । आत्तिहाल्नु पर्ने अवस्था नरहेको कोरियास्थित दूतावासको भनाइ छ । केही देशले संक्रमित देशका नागरिकलाई प्रवेशाज्ञा निषेध गरे पनि नेपाल सरकारले भने सहज आवत जावत गर्न दिइरहेको छ । –विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot