Logo

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



ललितपुर, १९ फागुन । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी घर भई ललितपुर नख्खु बस्ने राम कुमार मल्ललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

मल्लले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot