Logo

लागूऔषध सहित पक्राउ



सर्लाही, २२ फागुन । अवैध लागुऔषधसहित एक जनालाई मलंगवा बजारबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका सडकबाट कोडैना गाउँपालिका शसिभुषण पटेललाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं.२ ना ५ ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot