Logo

नर्वे र पोल्याण्डको बोर्डर बन्द गर्न रुसी सरकारको निर्देशन



एजेन्सी, २ चैत । कोरोना संक्रमण नियन्त्रण गर्न रुसी सरकाले नर्वे र पोल्याण्डको बर्डर बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाइएको छ ।

रुसी संघीय सुरक्षा सेवाले नर्वे र पोल्याण्डमा आवत जावत गर्ने सम्पूर्ण मानिसहरुलाई प्रतिबन्ध लगाएको छ । आत्यावश्यक कार्य गर्न जाने मानिसलाई समेत प्रतिबन्ध लगाइएको छ ।

उक्त विषयको जानकारी नर्वे र पोल्याण्डका सरकारलाई प्राप्त गराइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot