Logo

दक्षिण कोरियामा कोरोना संत्रमितको संख्या ८ हजार दुई सय पुग्यो



एजेन्सी, ३ चैत । दक्षिण कोरिया कोराना संक्रमित मानिसहरुको संख्या ८ हजार दुई सय ३६ पुगेको छ । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या ७५ पुगेको दक्षिण कोरियाका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त भाइरसको संक्रमणबाट एक हजार एक सय ३७ जना मानिसहरु उपचारपछि सकुसल घर फर्केका छन् । दक्षिण कोरिया संक्रमणको संख्यामा कमि आएको त्याहाँका चिकित्सकहरुले जनाएका छन् ।

चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण रुस लगायत सय १०० देशहरुमा फैलि सकेको छ । विश्व स्वास्थ्इ संगठनले मार्च ११ मा विश्व स्वास्थ्य संकटकाल घोषणा समेत गरिसकेको छ । चीनबाहेक दक्षिण कोरिया, इरान र इटलीमा भाइरसको प्रकोप अत्याधिक देखा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot