Logo

चिकित्सक तथा प्राविधिकलाई प्रधानमन्त्रीको ढाडस : सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं



काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । उनले आज ट्विटरमा एक सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्,”हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं । तपाईहरुकै सिफारिशका थप सामग्री उपलब्ध हुँदैछन् । धैर्य गरौं ।”

कोभिड १९ को मानवीय संकटको एकजुट भएर सामना गर्नसमेत उनले आग्रह गरेका छन् । उनले अन्तिममा भनेका छन्,”सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot