Logo

कोरोना भाइरसः मर्नेको संख्यामा इटाली अगाडि, संक्रमितमा चीनलाई उछिन्यो



एजेन्सी, १५ चैत्र । कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा शुक्रबार एकै दिन ९१९ जनाको मृत्यु भएको थियो जुन अहिलेसम्मकै अधिक हो । त्यहाँ ८६ हजार ४ सय ९८ संक्रमित भएका छन् । जुन चीनको भन्दा बढी हो ।

इटालीमा संक्रमणले भयावह रुप लिइरहेको छ । इटालीपछि स्पेनमा बढी मानिसको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या छ । यसअघि चीनमा बढी संक्रमित संख्या भएकोमा बिहिबार साँझबाट चीनलाई अमेरिकाले उछिनेको हो भने शुक्रबार साँझ इटालीले पनि उछिन्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot