Logo

कोरोना भाइरसः संक्रमित आठ लाख नाघ्यो, मृतक ४० हजार नजिक (देशहरुको सूचीसहित)



एजेन्सी, १८ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या आठ लाख नाघेको छ । मृतक संख्या ४० हजार नजिक पुगेको छ । मृतक संख्या विगत दिनभन्दा बढिरहेको तथ्यांक छ ।

विश्वभर ८ लाख १९ हजार ३८ जना संक्रमित भएका छन् । मर्नेको संख्या ३९ हजार ७ सय ९४ पुगेको छ । हालसम्म १ लाख ७३ हजार २ सय १४ जना निको भई फर्किएका छन् ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ साँढे ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ । युरोपका इटाली र स्पेनले चीनलाई उछिनेका छन् ।

देश        संक्रमित

अमेरिका १७४६९७
इटाली १०१७३९
स्पेन ९४४१७
चीन ८१५१८
जर्मनी ६८१८०

इरान ४४६०५
फ्रान्स ४४५५०
बेलायत २५१५०
स्वीटजरल्यान्ड १६१६८
बेल्जियम १२७७५
नेदरल्यान्ड १२५९५
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्

Screenshot