Logo

ईश्वर पोखरेलजीलाई पदमा बसिरहन नैतिक र कानुनी आधार छैन- डा. प्रकाशशरण महत



काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण खरो बोल्छन् । उनले औषधी खरिद प्रकरणमा राज्यलाई आर्थिक एवं अन्य नोक्शान पुर्याउने कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन् । यस प्रकरणमा सरकार दोषी भएकाले नैतिकताको संकट आएको बताएका छन् । यीनै सेरोफेरोमा महतसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
यो संकटको घडीमा कांग्रेस सुतेर बसिरहेको छ ?
देशभर कांग्रेसको जुन संयन्त्र छ त्यसले सन्देश प्रवाह गर्नुका साथै आफ्नो काम गरिरहेको छ । जसरी अहिले आमनागरिक अप्ठ्यारोमा परेका छन् । तिनलाई सहयोग पु¥याउन हाम्रा स्थानीयतहका साथीहरु पनि लागिपर्नुभएको छ । पार्टीका गाउँ, नगर, जिल्लादेखि केन्द्रका साथीहरुले आफ्नो तहबाट गर्न सक्ने सहयोग गर्न तल्लीन छौं ।
मुलुकमा लकडाउन भएको आज १२ दिन भइसक्यो तपाईंहरुले केही गरेको देखिँदैन, घरमा बसिरहनुभएको छ मजदूरहरु खान नपाएर प्रताडित छन् ?
अहिले सबै साधन, स्रोत र संयन्त्र सरकारको हातमा छ । त्यसैले यसको नेतृत्व उसले लिने हो । सरकारले यी विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । जनतालाई घर–घरमा बस भनेर मात्रै पुग्दैन । हामी प्रतिपक्षी पार्टी भएकाले सरकारबाट भएका कमीकमजोरी औल्याएर आफ्नो बलबुताले भएको सहयोग गर्छौं । लकडाउनका बेलामा भेडभाडमा जान मिल्दैन ।
घरमै बसेर पनि काम गर्न सकिन्छ नि ?
हामीले गरिराखेका छौं नि ।
तपाईंका पार्टीकार्यकर्ता के गरेका छन्, बेरोजगारलाई रोजगार बनाएका छन् भन्नुस् न ?
रोजगारी हामीले दिने होइन, राज्यले दिने हो । हामीले त खानै नपाएकालाई आफ्नो छरछिमेक, टोलमा गर्नुपर्ने सहयोग गरिराखेका छां्रै । बरु हाम्रो पार्टीका नेता मोहन बस्नेतले माक्स, सेनिटाइजर, खाद्यान्नलगायतका सामाग्री वितरण गर्दा राज्यपक्षबाट रोक्ने कोशिस भयो ।
एउटा व्यक्तिको चुनावी क्षेत्रको कुरा नगर्नुस् देशभरको कुरा गर्न खोजेको छु ?
त्यहाँ मात्रै होइन, ७७ वटै जिल्लामा हाम्रा साथीहरु सक्रिय छन् । सन्देश प्रवाह गर्ने र सहयोग गर्ने हिसाबले । त्योभन्दा बढी विपक्षमा बसेको पार्टी के गर्न सक्छ । साधन, स्रोत हातमा लिएर सत्तामा बस्नेहरुले मोर्डरमा नागरिकहरु ललपत्र परिरहँदा उनीहरुलाई बसमा राखेर ल्याएर क्वारेन्टाइनमा राखेर को संक्रमित छ कि छैन भनेर छुट्ट्याउन सकिन्न ? त्यो नगरेर भारतलाई गुहारेका छन् ।
तपाईं त यो देशको परराष्ट्र मन्त्री भइसकेको व्यक्ति हो ती सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन के गर्नुभयो ?
हाम्रा सभापतिले सरकारलाई दबाब दिन वक्तव्य प्रकाशित गर्नुभएको छ । जिल्ला–जिल्लाका नेपाली कांग्रेसका साथीहरुले सिडिओमार्पmत भनिराखेका छन् । सरकारले आफ्नो सीमानामा आइसकेका नागरिकलाई यहाँ नआओ भन्न त मिल्दैन नि । यस्तो विश्वव्यापी आपतको बेलामा औषधिजन्य चिजमा व्यक्तिगत फाइदा उठाउने सोच राख्नु त्योभन्दा तल्लो कुरा के हुन्छ । यस्तो गलत कम्पनीलाई दिएर अनियमितता भइसकेपछि ठेक्का रद्द गरेँ भनेर पुग्छ ।
जसरी ह्वाइटहाउस कलेजका सञ्चालक युवराज शर्माले गलत काम गर्नुभएको त्यसलाई के भन्नुहुन्छ ?
हो, उहाँले एकदमै गलत गर्नुभएको छ । अहिले सरकार ठेक्का रद्द ग¥यौं भनेर चोखिन खोजेको छ । सामान ल्याइसकेको छ, त्यसको के हुन्छ ? त्यसको पैसा उहाँहरुले तिर्दैहुनुहुन्छ हुन्न । त्यत्रो खर्च गरेर प्लेन लगेको के हुन्छ ? प्रतिस्पर्धामा जसले कम मूल्यमा गर्न खोज्दै थिए तिनीहरुलाई पूर्ण रुपमा वाइपास गरेर गरिएको छ । उता उप–प्रधानमन्त्रीको संयोजकत्वमा यो खरिददेखि लिएर संक्रमणलाई रोक्ने संयन्त्र बनेको छ । उहाँकै पहलमा सम्पूर्ण कानुन, नियम मिचेर यी कामहरु भइराखेका छन् ।
यसमा संलग्नहरुको बारेमा पहिलो समाचार लेख्ने व्यक्ति मै हुँ ?
त्यसको लागि तपाईंलाई धेरै–धेरै धन्यवाद छ । यो एकदमै राम्रो काम गर्नुभएको छ । प्रधानमन्त्री पनि बिरामी भएको अवस्थामा उप–प्रधानमन्त्रीको नेतृत्वमा सम्पूर्ण संयन्त्र बनेको छ । उहाँहरुले यसको स्पष्ट रुपमा जनतालाई जवाफ दिनुपर्छ । सम्बन्धित निकायले निष्पक्ष छानविन गरेर कसले बदमासी गरेको छ, दोषीमाथि कडा कारबाही हुनुहुपर्छ ।
यसका एजेन्टहरुले जनताको हितविपरीत काम गरेका छन् अब के गर्ने ?
एजेन्टहरुको कुरै छोड्नुस् । उनीहरुले त फाइद आउने कोसिस गर्छन् नि । यहाँ त जो सत्ताको साधन, स्राते उपभोग गरेर अधिकार हातमा लिएर बसेका छन् उनीहरुले के गर्नु हुन्छ, के गर्नेहुँदैन भनेर सोच्नुपर्दैन । त्यसको कमीकमजोरीको जिम्मेवारी सत्तामा बस्नेले लिनुपर्दैन । बिचौलीयाहरुको त कामै त्यही हो । उनीहरु त सधैं अप्ठ्यारोमा फाइदा उठाउन चाहन्छन् । तर, जो जिम्मेवारी सम्हालेर बसेको छ, उहाँहरुले पारदर्शी ढंगले नियमसंगत काम गर्ने कि नगर्ने त्यो ठूलो कुरा हो ।
यो सम्झौता रद्द भइसक्यो अब कसरी जाने ? नेपाली सेनालाई दिने ?
यसमा एकलट सामान आइसक्यो । उहाँहरुले वितरण पनि गरिसक्नुभयो । त्यो सामानको मूल्यको जिम्मेवारी कसले लिन्छ ? गल्ती गरिसकेपछि अब रद्द गरेँ भनेर उहाँहरु दोषमुक्त हुनुहुन्छ ? हुनुहुन्न । अहिले फेरि आर्मीबाट गर्ने भनेर आएको छ । त्यसको अर्थ हामीबाट यो काम इमानदारीपूर्वक हुन सक्दैन । हामी काम गर्न सक्दैनौं भनेर त उहाँबाट आइसक्यो । उहाँहरु आफैले स्वीकारिसक्नुभयो । अब उहाँहरुलाई नैतिक रुपमा सत्तामा बस्ने अधिकार छ कि छैन ?
नेपाली कांग्रेसको दृष्टिकोण के हो ? प्रधानमन्त्रीको राजीनामा हो ?
अहिले यो काम सबै उप–प्रधानमन्त्रीको संयोजकत्वमा भइराखेको छ । स्वास्थ्यमन्त्री पनि यसको निमित्तजस्तो देखिनुभएको छ । जसले यसको संयोजन र नेतृत्व ग¥यो उहाँले जिम्मेवारी लिनुपर्छ । र उहाँहरुलाई पदमा बसिरहने नैतिक र कानुनी रुपमा पनि आधार छैन ।
तपाईंलाई हराएका कारणले उहाँको राजीनामा माग्न खोज्नुभएको हो ?
राजनीतिमा प्रतिस्पर्धा हुन्छ, हारजीत हुन्छ । त्यसबाट प्रतिसोध लिने भन्ने कुरै आउँदैन । त्यो प्रक्रिया हो । तर, जो जिम्मेवारीमा पुगेका छन् उनीहरुले जिम्मेवारी बहन गर्नुपर्यो । मैले मात्रै प्रश्न गरेको छुर आमनागरिकले गरेको छैन ?
उहाँले त राम्रो काम गर्नुभएको भन्नेहरु पनि रहेछन् ?
उहाँको नेतृत्वमा भएको खरिद प्रकरणबाटै थाहा भइसक्यो नि उहाँले कति राम्रो काम गर्नुहुँदोरहेछ भनेर ।
कांग्रेसको आधिकारिक दृष्टिकोण के त ?
हामी त भनिरहेका छौं । सत्य, तथ्य छुट्ट्याउने गरी यथार्थमा छानविन होस् । जसको नेतृत्वमा जो–जो दोषी देखिन्छन् उनीहरुमाथि कारबाही होस् भन्ने हो ।
तपाईहरुको आधिकारिक दृष्टिकोण यही हो, ठ्याक्कै भन्नुस् है ?
नेपाली कांग्रेसको आधिकारित दृष्टिकोण भनेको यही हो । जो–जो दोषी ठहरिन्छन् तिनलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
यसमा दोषी को को छन् त ?
दोषी त छानविन गर्ने निकाय छ । को हो भनेर प्रक्रिया पु¥याएर टुंग्याउने जिम्मा त उहाँहरुको हो नि । त्यहाँ कमीकमजोरी दिएन, बदमासी थिएन भने रद्दगर्नुपर्ने अवस्था किन आयो ? रद्द गर्नुभनेकै त्यसमा ब्यापक रुपमा नियमितता भएको थियो भन्ने बुझिन्छ । त्यसकारण नै पब्लिक दबाब थग्न नसकेर रद्द गरिएको हो । बदमासी देखिँइसक्यो अब को को हुन् बद्मासी गर्ने भनेर दोषिमाथि कारबाही गर्नुप¥यो । त्यही हो हाम्रो पार्टीको आधिकारिक धारणा ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot