Logo

नाकाबन्दीमा चीनले दिएको चुलो ‘लकडाउन’मा सकिए



काठमाडौं, चैत २५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिएका हुन् ।

कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका कारण खाना पकाउने ग्यासको विकल्पमा आमउपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो । कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँचवटा बिक्री केन्द्र काठमाडौँको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयाग पोखरी, भैँसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्य्विनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।

कम्पनीले थप इन्डसक्न चुलो ल्याउने योजना छ तर त्यसका लागि समय भने लाग्ने सो कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्