Logo

युरोपमा कोरोना नियन्त्रण तर्फ, लक डाउन खुकुलो पार्न छलफल



काठमाडौं, २८ चैत । स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ ।

प्रधानमन्त्री पेड्रो साञ्चेजले मड्रिडमा सदनलाई जानकारी गराउने क्रममा स्पेन भाइरसमाथि पूर्ण जिततर्फ अग्रसर भएको बताउनुभयो । उहाँले कोरोनाभाइरस रुपी आगो नियन्त्रणमा आउन लागेको प्रतिक्रिया दिएको छ । स्पेनमा यूरोपमै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् । बिहिबारसम्ममा स्पेनमा एक लाख ५२ हजार ४४६ जना संक्रमितको पुष्टि भएको छ ।

कोरोनाभाइरस संक्रमणले इटाली र अमेरिकापछि सबैभन्दा बढी मृत्यु हुने राष्ट्र पनि हो, स्पेन । बिहिबारसम्म संक्रमणबाट १५ हजार २३८ जनाको मृत्यु दत्र्ता गरिएको छ । यूरोपेली नेताहरु दुई महिनादेखि जारी राखेको प्रतिबन्ध बिस्तारै कसरी खुकुलो बनाउँदै जाने गहन छलफलमा छन् । लकडाउनले बिग्रेको आर्थिक अवस्था सुधार गर्नेबारे यूरोपेली राष्ट्रका प्रमुखहरुको चिन्ता बढी छ । यूरोपेली संघ अगाडिको यात्रा तय गर्न मार्गचित्र बनाउन जुटेको छ । यूरोपमा आबद्ध सदस्य राष्ट्रका अर्थमन्त्रीबीच आर्थिक सहायता प्याकेजबारे छलफल हुँदैछ ।

इटालीका प्रधानमन्त्री जिसप कोन्टेले भने यूरोपेली आयोजनामा नयाँ जीवन दिने अवसरलाई राम्ररी सदुपयोग गर्न नसके असफल हुने जोखिम यथार्थ हुने बताएको छ । स्पेनबाट आएको नयाँ तथ्याङ्क बमोजिम पछिल्लो चौबिस घण्टामा स्पेनमा ६८३ जना संक्रमितको मृत्यु भएको छ । बुधबार उक्त संख्या ७५७ थियो । अमेरिकामा संक्रमितको संख्या चार लाख नाघेको छ । स्पेन भने अमेरिकापछि दोस्रो सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलेको राष्ट्र बनेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot