Logo

सामान्य जमघट गरेर रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न



काठमाडौँ, २८ चैत । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान सामान्य रूपमा भीडभाड बिना सम्पन्न गरिएको छ ।

करुणामयलाई यस दिन काठमाडौँ उपत्यकाका पाँच तीर्थबाट जल ल्याई महास्नान गराउने परम्परा रहेको पाटनका सूर्यमान डंगोलले जानकारी दिएका छन् । उनले भने, “मनोहरा तीर्थ, शिलु तीर्थ, गंगा तीर्थ, विष्णुमती तीर्थ र सपन तीर्थको जल मिसाएर महास्नान गराउने परम्परा रहँदै आएको छ ।” यी पाँच स्थानको जल मच्छिन्द्रनाथ गुठीमा रहेका व्यक्तिले रीत पु¥याएर ल्याउने गरेको डंगोलले जानकारी दिएका छन् ।

महास्नान गर्नुपूर्व यस दिन मच्छिन्द्रनाथलाई तःबहालबाट लगनखेल ल्याई शृङ्गारपटार गरेर राखिन्छ । केही समय पाठ गरिन्छ । पाठ समाप्त भएपछि चारै दिशाामा पुजारी बस्छन् । मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काइन्छ । चाँदीको गाग्रीमा पाँचै तीर्थको पानी, गाईको दूध र विभिन्न प्रकारका फूल मिसाएर महास्नान गर्ने चलन छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot