Logo

चन्द्रमामा खनिज उत्खनन गर्न ट्रम्प किन उत्सुक



एजेन्सी,१ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चन्द्रमाको सतहमा खनिजको खोजी गर्न उत्सुक भएको उजागर भएको छ । अमेरिकासंग पृथ्वीको सतह भन्दा बाहिर गएर खनिजको खोजी गर्ने अधिकार रहेको भन्दै उनले खनिज उत्खननलाई जोड दिइरहेका छन् । उक्त अधिकार रहेको भन्दै ट्रम्पले चन्द्रमाको सतहमा गई खनिज खोजी गर्ने आदेश पारित गरेको हुन् ।

अन्तरीक्षमा अमेरिकाबाहेक अरु कुनै देशले खोजी गर्ने प्रावधान नरहेको कारण कुनै देशहरुसंग अनुमति लिन आवश्यक नरहेको निर्देशनमा उल्लेख गरिएको छ । अमेरिकाले उक्त खोजीलाई कुनै पनि बेला प्रारम्भ गर्न सक्ने प्रावधान रहेको जनाइएको छ । किन चन्द्रमामा रहेको खनिजको खोज गर्न ट्रम्प सरकार उत्सुक रहेको छ ? दोजी गर्दा अमेरिकालाई के फाइदा हुन्छ ? भन्ने थुप्रै प्रश्नहरु खडा भएको छ ।

के चन्द्रमामा समेत जीवन विस्तार गर्ने योजना रहेको छ ?

अन्तरीक्ष मामला पत्रकार साराहका अनुसार चन्द्रमासतहमा खनिज खोजी गर्दा मानव जातीलाई स्पेसमा यात्रा गर्न मद्दत पुर्याउन सक्ने छ । चन्द्रमाको सतहमा हाईड्रोजन र अक्सीजनको मात्रा बढी रहेको कारण दोजी गर्न सकिने जनाएकी छिन् । चन्द्रमा भविष्यको तेल खानीको रुपमा प्रयोग गर्न सकिने समेत बताएकी छिन् । रकेटमा चाहिने तेलको उपयुक्त मात्रा चन्द्रमा सतहमा समेत रहेको जनाइएको छ ।

पृथ्वीलाई चाहिने सम्पूर्ण खनिज स्पेसमा पर्याप्त रहेको र यसको अन्वेषण गरी फाइदा लिन सक्ने जनाइएको छ । पृथ्वीमा रहेको खनिजहरु गुमिरहेको अवस्थामा र जलवायु परिवर्तनको कारण विश्व अक्षय ऊर्जा स्रोतहरूतर्फ अघि बढिरहेको छ, ती स्रोतहरूको आवश्यक रहेकोे वैज्ञानिकहरु जनाएका छन् ।

विश्व नै एक भई उपयुक्त कदम प्रति अगाडी बढे भविष्यमा मानव जातीको जीवन र पृथ्वीको आयुमा समेत सुधार आउन सक्ने अनुमान लगाइएको छ ।

अमेरिका र चीनबीच चलिरहेकोे द्वन्द्वमा अमेरिकाले हारको सामना गरिरहेको कतिपयको दृष्टीकोण रहेको छ । चीनसंग पर्याप्त मात्रामा आधुनिक युगमा चाहिने खनिज उपलब्ध रहेको छ । तर, अमेरिकासंग भने खनिज न्युन रहेको कारण ट्रम्प खनिज खोजीको लागी स्पेस रोजेको कतिपय वैज्ञानिकहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot