Logo

भाइरसका कारण चीनमा रहने अफ्रिकी नागरिकमाथी दुर्व्यवहार



एजेन्सी, २ वैशाख । चीनमा रहेका अफ्रिकी विद्यार्थी र प्रवासीहरुलाई घर र अपार्टमेन्टबाट निकालिएको छ । कोरोना भाइरस फैलाउन सक्ने डरले उनीहरुमाथि दुर्व्यवहार गरिएको हो । गत डिसेम्बरमा चीनको केन्द्रीय शहर वुहानमा शुरू भएको कोरोनाभाइरसको पुर्नउत्थान हुन सक्ने डरले उनीहरुमाथि सामाजिक दुव्र्यवहार भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । चीनले अफ्रिकी नागरिकहरूप्रति भेदभाव गरेको विषयलाई लिएर चीनका लागि अफ्रिकी राजदूतले उक्त देशका विदेशमन्त्रीलाई पत्र लेखेका छन् ।

दक्षिणी शहर गुआन्झाउमा रहेका विद्यार्थी र प्रवासी संग कोरोना भाइरस नभएको प्रमाण भएतापनि उनीहरुप्रति गरिएको दुर्व्यवहार र उत्पीडनलाई चिन्तन गर्दै उक्त विषयप्रति चीन सरकारलाई सम्वोधन गर्न अफ्रिकी राजदुतले आग्रह गरेका हुन् ।

विगत केहि दिनदेखि गुआन्झाउका अफ्रिकीहरूलाई उनीहरूको घर र अपार्टमेन्टबाट घरमालिकहरुले निष्काशन गरिसकेको विषय उजागर भएको छ । कोरोनाभाइरसको लागि धेरै पटक परीक्षण गरिएको र परिणाममा नहेर्ने र सार्वजनिक रूपमा भेदभाव गरिएको जनाइएको छ । त्यस्ता गुनासोहरू स्थानीय मिडिया र सोशल मिडियामा उजागर भएको थियो।

चीनको वुहान शहरमा केन्द्रित मूल प्रकोपलाई नियन्त्रणमा लिएपछि बेइजि अहिले आयातित मामलाका बारे चिन्तित छ र यसले विदेशबाट आउने विदेशीहरूको छानबिन बढाइरहेको छ । चीनले सीमा नियन्त्रणमा समेत कडाई गरेको छ । दोश्रो चरणको संक्रमण विदेशी नागरिकबाट चीन भित्रिन सक्ने अनुमान लगाएर चीनले कडा कदम चलेको जनाइएको छ । यस विषयप्रति स्पष्ट पार्दै आफ्नो नीति प्रति कायम रहदै कुनै भेदभाव नगरेको समेत चीन सरकारले जनाएको छ । कोरोना भाइरसविरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुलाई एकजुट हुनेपर्नेमा चीनको जोड रहेको छ ।

चीनमा बस्ने सम्पूर्ण विदेशीलाई चीनको कानुन पालना गर्नुपर्ने आवस्यक रहेको चिनियाँ अधिकारीहरुले जनाएको छ । चीनमा बस्ने अफ्रिकी मुलुकका वासीहरुलाई कुनै प्रकारको समस्या नरहेको र सम्पूर्ण सुबिधा सरकारद्वारा प्राप्त भएको चीनले स्पष्ट पर्दै सम्पूर्ण देशका राजदुतलाई संक्रमणको बेला संवेदनशील हुन र दुई देशबीच सम्बन्ध बलियो बनाउन आग्रह गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot