Logo

‘प्रतिपक्षको सुझावलाई आरोपका रुपमा नबुझियोस्’– पौडेल



काठमाडौँ, ३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारको सफलतासंग सवै नेपालीको भविष्य जोडिएको भन्दै सरकारले प्रभावकारिता बढाउनु पर्ने बताएका छन् । अहिलेको समस्याको समाधन भनेको लकडाउन भएपनि यो अवधीभित्र फैलिएको त्रास र अभावलाई कम गराउनका लागि सरकारले कस्ता कामकारवाहीको तयारीबारे जानकारी दिएका छन् ।

सरकारले राहत र औषधी जस्ता विषयमा प्रभावकारी काम गर्न नसक्दा भोली ठूलो समसया आउने भन्दै अन्र्तराष्ट्रिय अनुभवलाई लिएर प्राविधिकहरुको टोली बनाएर काम गर्न सुझाव दिएका छन् । अहिले भएको संक्रमण परिक्षणको अवस्थाले मात्र धान्न नसकिने भन्दै यसको मात्रा बढाउन आवस्यक भएको दावी गरेका छन् । उनले अहिले कुनै पनि विषयमा राजनीतिकरण गर्न नहुने भन्दै प्रतिपक्षको सुझावलाई आरोपका रुपमा नबुझ्न आग्रहगर्दै बस्तुपरक विषयहरुमा कम्जोरी नदेखाउन सुझाव दिएका छन् ।

पौडेलले अहिलेको समयमा सरकार र स्थानीय जनप्रतिनिधिले कसैलाई पनि राजनीतिक चस्माले नहेर्न आग्रह गरेका छन् । अहिले विकास निर्माणका कामहरु अगाडी नबड्ने र कोरोनाविरुद्ध रकम आवस्यक पर्ने भएकाले यो रकम राहत कोषमा जम्मा गरी वितरण गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीको सचिवलयको जम्बोटोली घाटाउनुपर्ने भन्दै उहाँले सरकारका अनावस्यक खर्चमा अहिले बन्देज लगाउनुपर्ने र राहत कोषमा जम्मा भएको २ अर्ब रकम जनताका उपचार र राहतमा खर्चनुपर्नेमा जोड दिएका छन् । (रेडियोएनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot