Logo

यी हुन् कोरोना संक्रमणबाट न्युयोर्कमा ज्यान गुमाउने अर्का नेपाली



अमेरिका, ५ वैशाख । अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ बर्षिय महेश अमात्यको बिहिवार स्थानिय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाण्डौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ । परिवार निकटले दिएको जानकारी अनुसार उनकी श्रीमतीलाई समेत कोरोना भाइरसको लक्षण देखिएको छ ।

अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुराउने उदेश्यले अहिले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । उपाध्यक्ष आचार्यले यस दुखद घडिमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

२० हजार डलरको लक्ष्यसहित गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको हो । समाजले सबैसँग सहयोगको आग्रह गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यदि तपाई पनि अमात्यको परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

हिजोमात्रै न्युयोर्कमा कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइड निवासी नेपाली पवन मल्लको मृत्यु भएको थियो । झण्डै तीनसातादेखि बिरामी मल्लको हिजो विहान बस्दै आएको अपार्टमेन्टमा नै निधन भएको थियो ।-खसोखासबाट



प्रतिक्रिया दिनुहोस्