Logo

विमान चढ्नु अघि यात्रुको अनिवार्य ब्लड टेष्ट



एजेन्सी, ५ वैशाख । अब विमान चढ्नु अघि यात्रुको अनिवार्य कोभिड-१९ को लागि रगतको चेकजाँच हुने भएको छ । यसको शुरुवात दुबई केन्द्रित इमिरेट्स एयरलाइन्सले शुरु गरेको हो ।

बुधबार दुबईबाट ट्युनिसिया जान लागेको इमिरेट्स एयरलाइन्सबाट रगत टेष्ट शुरु भएको हो । सबै यात्रुको ब्लड टेष्ट गरिएको जनाइएको छ । टेष्टको नतिजा १० मिनेटभित्र आउने र नेगेटिभ नतिजा आएपछि मात्र यात्रा गर्न छुट दिइने भएको छ ।

यसैगरी, युएईको इतिहाद एयरवेजले पनि कोभिड १९ को चेकजाँच शुरु गर्ने भएको छ । उसले तापक्रम, मुटुको चाल, स्वास प्रश्वासलगायतको चेकजाँच गरेपछि मात्र यात्रा गर्न दिने व्यवस्था गर्ने भएको हो ।

एयरलाइन्सहरुको आम्दानी सन् २०१९ को तुलनामा २०२० मा ५५ प्रतिशतले ह्रास आउने आँकलन भइरहँदा धमाधम कोभिड १९ को टेष्ट गरेर व्यवस्थित गर्ने पहल भएको हो । ३१४ अर्ब डलरले यात्रुबाट एयरलाइन्सहरुको आम्दानी घट्ने देखिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot