Logo

एक जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४८



काठमाडौं, १२ बैशाख । कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

साँझ संक्रमण पुष्टि भएको व्यक्ति २६ वर्षीया पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताएका छन् । ती युवक भोजपुरका भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा।बिकास साहले बाताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot