Logo

ओली–यादव प्रकरणः ‘गोकुलले नसकेपछि महेश जी आउनुभएको रहेछ’



काठमाडौँ, १२ बैशाख । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा. सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी देखि बनाएको खुल्न आएको बताएका छन् ।

उनले पार्टी विभाजनका लागि आफु लगायत अरु केहि नेताहरुलाई सके प्रभावमा पार्ने र नसके दवावमा पारेर भएपनि पार्टी टुक्राउन लगाउने खेलको जिम्मा गोकुल बास्कोटालाई दिएको तर, नसकेपछि अरु व्यक्ति खटाएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै यादवले बोस्कोटा असफल भएपछि महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खानाललाई खटाएर आफुलाई काठमाडौँ ल्याएको बताएका छन् ।

उनले जनकपुरबाट बर्दिवास आएपछि आफुले केहि कुरा जानकारी पाएको र बाटोमा पनि प्रधानमन्त्री ओलीले पटक पटक फोन गरेको दावी गरेका छन् । काठमाडौँ आएपछि उनिहरुलाई छक्काएर बाबुराम भट्टराईको गाडीमा भागेर निस्किएको यादवको भनाई छ । (रेडियोएनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot