Logo

आईजिपीका भाईलाई काठमाडौं परिसरको जिम्मेवारी



काठमाडौं, १२ वैशाख । नेपाल प्रहरीका दुई एसएसपीको सरुवा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा श्यामलाल ज्ञवाली तथा महानगरीय अपराध महाशाखामा दीपक थापालाई सरुवा गरिएको छ ।

काठमाडौं परिसरमा सरुवा गरिएका ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई हुन् । एसएसपीमा उनले यसअघि इन्चार्ज पाएका थिएनन् । अपराध महाशाखामा सरुवा भएका थापा चितवनमा हुँदा मतपत्र च्यात्ने घटनामा मुकदर्शक भएर रेणु दाहाललाई जिताउने भूमिका खेलेका अधिकृत हुन् ।

गृह मन्त्रालयले शुक्रबार दुई जनाको मात्र सरुवा गरेको हो । अन्यको सरुवा र पदस्थापन एसएसपीको बढुवासँगै हुने छ । केही दिनअघि १९ एसपीको एसएसपी बढुवामा सिफारिस भएको थियो ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot