Logo

अपराध महाशाखामा दिपक थापा, काठमाडौं परिसमा श्याम ज्ञवाली



काठमाडौं, १२ वैशाख । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखामा एसएसपी दिपक थापालाई जिम्मेवारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रम्खमा एसएसपी श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।

दुवै कार्यालयमा प्रमुख पद खाली भएको केही दिनमा थापा र ज्ञवालीलाई ल्याइएको हो । ज्ञवाली वर्तमान आइजीपी ठाकुरप्रसाद ज्ञवालीका भाइ हुन् । थापा प्रहरी प्रधान कार्यालयमा थिए । उनी यसअघि अपराध महाशाखाका प्रमुख सहकुल थापाका गृहजिल्लाका हुन् ।

डिआइजीमा परिसर र महाशाखाका दुवै प्रमुखको बढुवा भएपछि दरबन्दी खाली थियो । त्यहाँ जान धेरैजना एसएसपीहरुको दौड चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot