Logo

‘सुरेन्द्र यादव अपहरण’ को किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार



काठमाडौं, १४ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो ।

जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत प्रहरीकोमा पुगेका थिए । तर, किटानी जाहेरी दर्ता गर्न नमानेपछि जसपा नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन् । उनले विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कास गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

अपहरणमा संलग्न भनिएका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिन नेताहरु पुगेका हुन् । उनीहरुमाथि १० वैशाखमा सांसद यादवलाई महोत्तरीस्थित घरबाटै अपहरण गरी काठमाडौं ल्याइएको आरोप लगाइएको छ । तर, तीनैजनाले आरोपको खण्डन गर्दै आएका छन् । उनीहरुले सांसद यादव अंगरक्षक, नातेदार र तत्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अगरियासँगै आएको उनीहरुको दाबी छ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot