Logo

प्रहरी प्रवक्तामा डिआइजी निरज शाही



काठमाडौं, १४ वैशाख । नेपाल प्रहरीले डिआइजी निरज बहादुर शाहीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । आजबाट उनी प्रवक्ताको जिम्मेवारीमा रहने प्रहरीले जनाएको हो ।

यसअघिका प्रवक्ता शैलेश थापा क्षेत्री एआइजीमा बढुवा भएपछि प्रवक्ता पद खाली थियो । सहप्रवक्तामा एसएसपी उमेशराज जोशी नै रहने भएका छन् ।

शाही यसअघि सीआइबीका निर्देशक थिए । सीआइबीमा सहकुल थापाको सरुवा भएपछि शाही प्रहरी प्रधान कार्यालयमा सरुवा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot