Logo

सांसद अपहरणको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन



काठमाडौं, १५ बैशाख ।पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको छ । जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको छ। प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिए। दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको उनले बताए।

प्रहरीको आलोचना बढेपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जाहेरी दर्ता गर्न महोत्तरी प्रहरीलाई निर्देशन दिएको स्रोत बताउँछ । आइतबार काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

पार्टी फुटाउन नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्व प्रहरी मानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादबलाई दबाब र प्रलोभनमा पारेर काठमाडौं ल्याएका थिए । आफूलाई अपहरण गरिएको सांसद यादबको दाबी छ । दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot