Logo

म सचिव हुँदा प्रधानमन्त्री ओली तीन पटक नेपाल ट्रष्टको कार्यालय आउनुभएको थियो : पूर्व सचिव भीम उपाध्याय (भिडियोसहित)



काठमाडौं, १६ बैशाख । पूर्वसचिव भीम प्रसाद उपाध्याय हिजोमात्रै २५ हजार धरौटीमा रिहा भएका छन् । खरो बोल्ने उपाध्याय आफूले देखेको कुरा बोल्ने र लेख्ने गरेको बताउँछन्। ६ दिन प्रहरी हिरासतमा बसेर हिजोमात्रै रिहा भएका उपाध्यायसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलाले आज विहान नेपाली बहस कार्यक्रममा कुराकानी गरेका छन् । उपाध्यायले आफूलाई ६ दिनको हिरासत जीवन नौलो अनुभव भएको र त्यहाँ रहँदा निकै व्यस्त भएको सुनाए । उनले भने,”साथीहरु भेट्नपनि आए । यो मेरो पहिलो पटक हिरासतमा परेको अनुभव हो । कर्मचारी किन हिरासतमा पर्दथ्यो र ? भ्रष्टाचार गरेको भएपो पर्दथ्यो । भ्रष्टाचार गरेको छैन् ।”

उपाध्यायले आफूले कुनै पूर्वाग्रह नराखी आलोचना र भ्रष्टाचारको विषय उठाएको पनि दाबी गरे । उनले भने,”म हेर्नुहोस्, ठेक्कापट्टाकै काम गरेको जिन्दगीभरि कहाँ के खेल हुन्छ ? खेलिन्छ ? भन्ने कुरा मलाई थाहा छ । त्यसो भएका हुनाले मैले जानेको पद्धती, विधि सबै कुरा भनेको हुँ । देशको चिन्ता मात्रै गरेको हुँ । आफूले व्यक्ति हेरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष वा आलोचना नगरेको उनको भनाई छ । उनले भने, व्यक्ति हेरेर आलोचना गर्ने होईन् । प्रधानमन्त्रीको आलोचना गरेको हो । काम हेरेर गर्ने हो, मैले कुनै प्रधानमन्त्रीलाई बाँकी राखेको जस्तो लाग्दैन् । पद हुँदा त लेख्थें अलि अलि, मलाई मेरो मुख्यसचिवले भीमजी अलिक कम लेख्नुहो, कम लेख्नुहोस भन्नुहुन्थ्यो क्या । त्यस्तो केही होईन । सम्माननीय प्रधानमन्त्रीज्यूसित पनि मैले काम गरेको होनि । उहाँ त मेरो प्रशंकपनि मान्छे हुनुहुन्छ । पदमा बसेपछि अरु नाता जोडिँदैन् । सार्वजनिक पदको हिसाबले कुरा गर्ने हो ।”

उपाध्यायले आफू र प्रधानमन्त्री ओलीबीच लामो सहकार्य र सम्बन्ध रहेको पनि खुलासा गरे । उनले भने,”उहाँ प्रधानमन्त्री हुँदादेखि नै सम्बन्ध हो । उहाँसित निकट बसेर काम गरेको छु । नेपाल टष्टको म सचिव थिएँ, उहाँ नेपाल टष्टमा ११ वर्षदेखि कुनै प्रधानमन्त्री पाईला नटेको ठाउँमा उहाँ तीन चोटी आउनुभयो, मेरो अफिसमा, त्यो टोलभरि, दरबारमार्गभरि सबै छक्क परे । ओहो, प्रधानमन्त्री आउनुभयो । यस्तो काम नलाग्ने, गन्दैनगन्ने अफिसमा । एकदमै राम्रो छ नि । कहाँ त्यस्तो हो र ? त्यो पहिलो कार्यकालको कुरा हो । अब दोस्रो कार्यकालपछि मेरो कहीँ भेट पनि भएको छैन् । मैले देखेको पनि छैन् । सम्पर्क गर्न जरुरी पनि भएन । मलाई कुनैपनि नेतासित काम लिनु छँदैछैन् । बरु, मसित राज्यले केही लिन चाहन्छ भने म तयारै छु ।” FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot