Logo

कोभिडसँग लड्ने अग्रिम मोर्चाका पाँच महिला संयुक्त राष्ट्रसंघले छान्यो, नेपालबाट रुना झा



एजेन्सी, २० वैशाख । विश्वभर फैलिएको कारोना भाइरससँग सबैजसो देशहरु लडिरहेका छन् । संक्रमण न्युनीकरण गर्न प्रत्येक देशका स्वास्थ्यकर्मी, चिकित्सक तथा सराकोवालाहरु दिनरात तीव्र गतीमा कामलाई निरन्तरता दिइरहेको छ । यो निकै सराहनिय छ । स्वास्थ्य क्षेत्रले प्रत्येक दिन नयाँ चुनौतीको सामना गर्दै आएको छ ।

यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघले कारोनाविरुद्वको लडाईमा अग्रसर भई काम गर्दै आएको पाँच महिलाको नाम सुचीमा समावेश गरेको छ । त्यसमध्ये नेपालका तर्फबाट नेपाल राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाको नाम समेत परेको छ । यो नेपालको स्वास्थ्य क्षेत्रमा महिलाद्वारा गरिएको उपलब्धीले नयाँ उचाई कायम गरेको छ ।

राष्ट्रसंघका अनुसार डा झा र उनको ७० जनाको टालीले दैनिक रुपमा करिब ७० वटा कोरोना परिक्षण गर्ने गर्दछन् । उनको टोली कोरोना न्युनीकरण गर्न दिनरात प्रयोशालामा खटिएका छन् । ढिलासम्म काम गर्दा आफ्नो र टोली समेतका लागी यातायात र खाने सामाग्री स्वेयम जुटाएको बताउँछिन् । आफ्नो टोलीको सम्पूर्ण कार्यविधिलाई पहिलो पा्रथमिकतामा राखेकोे बताएकी छिन् । चीनबाट आएका १७५ नेपाली विद्यार्थीको परिक्षण समेत गरिसकेको उनले बताइन् । आफ्नो टोली कोरोना संक्रमित व्यक्तिको नमुना दिन नहिच्किचाउने बताइन् ।

कोरोना संक्रमणको डरले उनी आफ्नो परिवारसंग समेत नभेट्ने र अलगै बस्ने गर्दछिन् । उनी आफ्नो छोरीलाई अंगालो हाल्न चाहन्छिन तर वाध्यता रहेको उनले पिडा पोखिन् ।

संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको पाँच महिलाका नाम
१. चीनको तर्फबाट यान शेंगलियन
२. नेपालको तर्फबाट डा रुना झा
३. काजाकिस्तानको तर्फबाट ने मोल्ची
४.क्यारिबियन समुदायबाट र्यानसिया हेनरी
५. जार्डनको तर्फबाट हमल हल महायरा र हेदल दाबाइबे



प्रतिक्रिया दिनुहोस्

Screenshot