Logo

दुर्वासा ऋषिको रिस



दुर्वासा हिन्दुहरुको एक महान ऋषि हुन् । उनी आफ्नो क्रोधको कारण निकै चर्चित थिए । दुर्वासा सत्ययुग, त्रैता एंव द्धापर तीनै युगको एक प्रसिद्ध सिद्ध योगी महर्षि हुन् । उनी महादेव शंकरको अंशबाट आविभुर्त भएका हुन् । उनले कहिले काही कारण नै नभए पनि भयंकरको रिस देखाउँथे । उनले धेरै प्रकारको लौकिक वरदान दिनमा सार्मथ्य राख्थे ।

महर्षि अत्रीजीले सृष्टिकर्ता ब्रह्माको दिमागबाट निस्केको छोरा थिए । उनकी पत्नी अनसुइयाको पति व्रत धर्मको परीक्षा लिने हेतुले ब्रह्मा, विष्णु र महेश तिनै जना चित्रकुटको आश्रममा शिशुको रुपमा उपस्थित भए । ब्रह्माले चन्द्र, विष्णुले दत्तात्रेय र महेशले दुर्वासाको रुपमा उपस्थित भए । पछि अनसुयाले देव पत्नीहरुको अनुरोधमा छोराको रुपमा आफुसँग रहने भन्दै आफ्नो पुर्ण स्वरुपमा अवस्थित भएर तीनै जना आफ्नो आफ्नो धाममा विराजमान हुनेछन् भनिन् । यो कथा सत्ययुगको सुरुवातीको हो ।

दुर्वासा ठुला भएर माता पिताको आदेश लिएर अन्न जलको त्याग गरेर कठोर तपस्या गर्न गर्न लागे । यम, नियम, आसन, प्राणायाम, ध्यान धारण आदी अष्टांग योगको अबलम्बन गरेर उनले योग सिद्धि प्राप्त गरे । पछि सिद्ध योगीको रुपमा विख्यात भए । त्यसपछि यमुना नदिको किनारमा कुटि बनाएर बसे आवश्यकता अनुसार भ्रमणमा निस्कन्थे ।

दुर्वासा र कुन्तीः महाभारतमा धेरै कथा छन्, जहाँ दुर्वासालाई मानिसहरुले वरदान माग्दा प्रसन्न भएर उनले आशीषित गरिदिएका । कुन्ती एक जवान केटी थिइन् जसलाई राजा कुन्ती भोजले पालनपोषण गरेका थिए । उनले आफ्नो छोरीको रुपमा राजकुमारी बनाएर राखेका थिए । एकपटक दुर्वासा कुन्तीभोजको मा पाहुना बनेर गए । कुन्तीले मनै देखि दुर्वासाको सेवा गरिन् । कुन्तीले गरेको सेवा देखेर दुर्वासा खुशी भए र कुन्तीलाई अर्थववेदको बारेमा बताए, जसले कुन्तीले प्राथना गरेर मनले चाहेको देवताका सन्तान प्राप्त गर्न सक्थिन् । मन्त्रले कसरी काम गर्छ भनेर हेर्नको लागी पहिले सुर्य देवताको आहन गरिन तब उनले कर्ण प्राप्त गरिन्, जसलाई नदिमा बगाइदिइन् । केहि समय पश्चात उनको विवाह राजा पाण्डुसँग भयो । उनले नै मन्त्र प्रयो गरेर पाँच पाण्डवहरुको जन्म भयो । सिद्ध तपस्वी महर्षि दुर्वासा तीनै युगको प्रसिद्ध ऋषि हुन् । धर्म ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot