Logo

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय



काठमाडौँ, ५ जेठ । सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम भएको निष्कर्षसहित बन्दाबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो । चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको हो ।

यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दीको अवधि बढाउन सिफारिस गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot