Logo

नेपालमा कोरोना परिक्षण एक लाख नाघ्यो



जेठ ५, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाखभन्दा बढिको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७ सय २३ जनाको पिसीआर परीक्षण र ६९ हजार ५ सय ६० जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट १ हजार ७ सय ९१ वटा परिक्षण भएको छ ।

दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ वटा परीक्षण भएको छ । फागुन मसान्तसम्म पिसिआर विधिबाट ४ सय ५६, चैत मसान्तसम्म ५ हजार १ सय ८४ र वैशाख मसान्तसम्म २१ हजार ३ सय ४० वटा परिक्षण भएको थियो । जेठ महिनाभरी ३० हजार ७ सय २३ वटा पिसिआर परिक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा ९२१७, प्रदेश दुईमा ६०२२, बागमति प्रदेशमा ११९२३, गण्डकी प्रदेशमा ६९३२, प्रदेश पाँचमा ९१३२, सुदूरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ र कर्णाली प्रदेशमा ७५८० जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २० हजार ९० जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा २ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १२ हजार ८ सय १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइसोलेसनमा ४ सय १२ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा २६ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो । प्रदेश एकमा २७ जना, प्रदेश दुईमा १३३, बागमति प्रदेशमा ७०, गण्डकी प्रदेशमा १, प्रदेश पाँचमा १ सय ७० जना र सुदुरपश्चिम प्रदेशमा ११ जना आइसोलेसनमा रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ४२ हजार १ सय ६७ पुगेको छ । तिमध्ये ४ सय ५ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्