Logo

२० जना कोरोना संक्रमित थपिएपछि कुल संख्या ५ सय नाघ्यो



काठमाडौं, ९ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ५ सय नाघेको छ । पछिल्लो पटक कोरोना भाइरसका थप २० संक्रमित पत्ता लागेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्या ५०७ पुगेको जानकारी दिए । आज अपरान्हसम्म ५० जना संक्रमित थपिएका छन् ।

थप दुई नयाँ जिल्लामा संक्रमित थपिएका छन् । योसँगै कुल ४० जिल्लामा संक्रमित भेटिएका छन् ।

कुल संक्रमितमध्ये ४३३ पुरुष र ७४ महिला छन् । उनीहरु कैलाली, बाँके, बैतडी, डडेलधुरा जिल्लाका हुन् । यसअघि आज विहान ३० जना संक्रमित थपिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot