Logo

यी हुन थपिएका २० जना कोरोना संक्रमित (विवरणसहित)



काठमाडौं, ९ जेठ । बाँकेमा १४ जनासहित देशभर २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितहरुबारे आज अपरान्ह नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

उनका अनुसार भेरी अस्पतालमा परीक्षणका क्रममा बाँके, बैतडी, डडेलधुरा, कैलाली र मोरङमा संक्रमित थपिएका छन् । संक्रमितहरु १८ वर्ष देखि ६१ वर्षका छन् ।

कुल संक्रमित संख्या ५०७ पुगेको छ जसमध्ये ४३३ पुरुष र ७४ महिला छन् । यसअघि आज विहान ३० जना संक्रमित थपिएका थिए ।
थप दुई नयाँ जिल्लामा संक्रमित थपिएका छन् । योसँगै कुल ४० जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण
१. कैलालीको जानकी गाउँपालिकाका १९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२. कैलालीको जानकी गाउँपालिकाका २३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३. कैलालीको जानकी गाउँपालिकाका २६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४. डडेलधुराको पशुरामका २८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५. बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६. बाँके राप्ती सोनारीका १८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
७. बाँके नरैनापुरका ६१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
९.बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१०. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
११. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१२. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१३. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१४. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१५. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१६. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१७. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१८. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
१९. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
२०. मोरङ रतुवामाईका ४१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot