Logo

बजेटबारे कांग्रेसको टिप्पणी : बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सरकारले आज ल्याएको बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको टिप्पणी गरेका छन् । उनले बजेटमा नयाँ दृष्टिकोण नभएको स्पष्ट पारे ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग बजेटबारे प्रतिक्रिया दिँदै रिजालले भने,‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ, झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्द’थ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot