Logo

निजी कम्पनीद्वारा निर्मित अन्तरीक्ष यानबाट पहिलो मानव यात्रा



एजेन्सी। १८ जेठ । इलन मस्कको निजी कम्पनी स्पेस एक्सले बनाएको मानवसहित उडान भर्ने रकेटकोे अन्तरिक्ष यात्राको सुरुवात भएको छ । पहिलो पटक निजी कम्पनीले रकेट निर्माण गरेको हो ।

रकेटसहित नासाका दूई अन्तरिक्ष यात्रीलाई लिएर शनिबार सफलतापूर्वक उडान भरेको छ । अमेरिकाको जमीनबाट मानवसहित उडान भर्ने रकेटले पुनः एकपल्ट अमेरिकालाई उक्त दौडमा अग्रसर बनाएको छ । यसअघि अमेरिकाले सन् १९६१ मा मानव सहितको रकेट निर्माण गरी उडान भरको थियो । उक्त रकेटको अन्तरिक्ष यात्रा करिब चार महिनासम्म हुनेछ । अमेरिका कोराना महामारी चपेटमा परेको अवस्थामा उडान भरेको हो ।

उडान सामान्य अवस्थामै रहेको जनाइएको छ । मानवसहित उडान भर्ने रकेट निर्माण गर्नमा अमेरिका लगायत रुस र चीन समेत यस दौडमा अग्रसर रेहेको छ । टेस्ला इलेक्ट्रिक मोटर तथा स्पेस एक्स निर्माता कम्पनीका अध्यक्ष इलन मस्कले मानवलाई स्पेसमा लैजाने बाचालाई पूरा गर्न सफल भएको दाबी गरेका छन् । उक्त रकेटले अगामी वर्ष चन्द्रमा निरिक्षण गर्न र सन् २०३० मा मंगल ग्रहको निरिक्षण गर्ने बुझिएको छ । रक्ट २६० फिट लामो रहेको छ । अमेरिकी राष्ट्रपति समेत रकेट उडान भर्ने क्रममा सहभागी भएको जनाइएको छ । रकेटले सफलता पूर्वक उडान भरेकोमा उनले नासा र स्पेस एक्स निर्माता कम्पनीलाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot