Logo

थप १६६ जनामा कोरोनाको संक्रमण



काठमाडौं, १८ जेठ । थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको अपडेटअनुसार थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । जसमध्ये १४५० पुरुष र १ सय १७ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot