Logo

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किन्छ : भारतीय प्रधानमन्त्री मोदी



२० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताउनुभएको छ ।उहाँले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुभएको हो । कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको यहाँको अवस्था पहिलेको अवस्थामा आउने उहाँले बताउनुभएको हो ।

उहाँले मंगलबार भन्नुभएको छ– मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापनमा गर्न सक्ने कामका बारेमा थाहा छ त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौँ ।भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्धानहरुको क्षमताका बारेमा मलाई थाहा छ त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ– प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भन्नुभएको छ ।

उहाँले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बतउनुभयो । कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औँ वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राख्नुभएको हो ।

उहाँले देशमा कारोना भाइरसको समस्या भएका बेलामा हालैका दिनमा धेरै क्षेत्रमा अनलाईन कार्यक्रमहरु भइरहेका बताउनुभयो । जस्तै अप्ठेरो परिस्थितिमा पनि त्यसको समाधानको बाटो खोज्नु नै मानिसको क्षमता हो भन्दै अनलाइनका माध्यमबाट देशमा धेरै कामहरु भइरहेकोले त्यस कार्यको प्रशंसा गर्नुभयो ।एएनआई File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot