Logo

“तिमी बाहुनकी छोरी, म दलितको छोरा के हाम्रो विवाह हुँदैन र ?



उज्जल धमला “बिबस” : बिधालय जान थालेदेखिनै रमा नामकी ब्रहमाण केटीसंग परिचित थिएँ, बिधालयस्तरदेखि नै हरेक कार्यक्रममा सहभागिता बाक्लै हुन थाल्यो । र, एकआपसमा संगै कापीकिताब आदानप्रदान हुन्थ्यो । संगै मिलेर गृहकार्य गर्दथ्यौं । एकआपसमा हरेक कुराहरु हुन थाल्यो र एकदिन रमालाई म त दलितको छोरो तिमी ब्रहमाणकी छोरी के तिमी र म बिबाह गर्न हुँदैन र ? भनेँ । जवाफमा रमाले सहजै हुन्छ भनिन् । र, मैले रमालाई माग्ने आँट गरें । रमाको घरसम्म जाने हिम्मत गरेँ। रमाको घर पुग्नासाथ रमाको बाबालाई (दलित) भन्नासाथ उसको बाबाले मलाई तँ दलित भएरपनि मेरो छोरी माग्ने हिम्मत कसरी गरिस् तंैले छोएको त पानीसम्म पनि चल्दैन भनेर नमिठो वचन लगाए । मैले औंला उठाए पख्नुस् तँपाईलाई कुनै अधिकार छैन, यो समाजमा म र मेरो जातमाथि प्रश्न उठाउने भनेर । हामिलाई सानो जात भन्ने हजुरहरुजस्तो दिनभरि पुजापाठ गरेर साँझमा मासु र रक्सी टन्न धोक्ने ब्रहमाण हुनुभन्दा त मलाई दलित हुनुमा गर्व छ ।

मनमा अनेक तर्क बितर्क खेल्न थाल्यो । उनी केव अहिले सम्झनामा मात्र सिमित छिन् । तिमी म रमालाई कहिल्यैपनि बिसर्न सक्दिन् । अब त रमा पनि म संग सम्झनामा मात्र सिमित छिन् । उनले पनि मलाई भुल्न सकेको भनेँ कहाँ हो र ? भागेरै भएपनी जाँउ भनेकै थिईन् । दलित भएकै कारण रमालाई पाउन सकिन् । आज म दुःखी छु । हाम्रो मायाको अमरताको निशानीस्वरुप रमालाई गुमाउँदा दुःखी छु, । उनी र मेरो मायाको तगारो आज दलित भन्ने शब्द भयो । बिदाईका हातहरु हल्लाईरहेका बेला रमाको गहभरि आँशुका धारा बगिरहेको थियो ।

हाम्रो समाजमा अझैपनि जातीय विभेद हटेको छैन् । यही नै मेरो जीवनमा आज बास्तबिकता भएको छ । हो यतिबेला यस्तै भएको छ । यो जातीय विभेदबिरुद्ध हामी उठ्नुपर्छ । अस्पतालको ब्लड बैङ्कमा पुग्दा,जातीत्वको कुरा नै हुँदैन, कैयौं नवराजहरुले कहिलेसम्म यस्तै, जातीय विभेदको आधारमा ज्यान गुमाउनुपर्ने हो,? नेपाली समाज आज किन अबुझ छ ? संविधान र कानूनमै हामीले जातीय विभेद र छुवाछुतको अन्त्य गरेका छौं । तर, अहिलेसम्मको अवस्था हेर्दा यो व्यवहारमा कार्यान्व्यन भएको पाइएन । नेताहरुले चर्को भाषण गरेरमात्रै केही हुँदैन् । जबसम्म समाजमा रहेका ब्यक्तिहरुको सोच परिबर्तन हँुदैन तबसम्म यो र यस्तै घटनाको अन्त्यं हुन सक्दैन । काटे रगत सबैको रातो नै हुन्छ । ठुलो जात र सानो जात भनिएकाहरुको पनि आखिर कात्रो मै लाश बेरिन्छन् ।

अबका नवराजहरुले दलित भएर अकालमा मृत्युवरण गर्न नपरोस् । ब्रहमाण भन्दैमा दिनभरि पुजापाठ गरेर साँझमा टन्न रक्सी र मासु खानेहरुले पनि जातीय भेदभावको अन्त्य गरौं । मायामा बाँधिएकी रमाहरुको पनि सिँउदो नखोसियोस् ।



प्रतिक्रिया दिनुहोस्