Logo

पाटन अस्पतालमा चोरीमा संलग्न डाक्टर पक्राउ



ललितपुर, २९ जेठ । पाटन अस्पतालमा ‘अल्ट्रासाउण्ड’ मेसिन चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा १ चिकित्सकसहित २ जना बुधबार पक्राउ परेका छन् । पाटन अस्पतालको आइसीयु वार्डबाट २० लाख ७९ हजार ८ यस ७ रुपैयाँ मूल्य पर्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा डा. प्रविन मिश्र र बर्दिबासका रमेश कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जेठ १७ गते विहान अस्पतालको आइसीयु वार्डमा रहेको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौ भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी मेसिनका पाटपुर्जा चोरी गरी लगेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्दा उनीहरुले चोरी गरेको पुष्टि भएपछि पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट चोरी गरेको मेसिन पनि प्रहरीले वरामद गरेको थियो । जिल्ला अदालत ललितपुरले उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot