Logo

लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने भनी घुस लिने प्रहरी अख्तियारको फन्दामा



काठमाडौं, २९ जेठ । लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने शर्तमा घुस लिने प्रहरी रँगेहात पक्राउ परेका छन् । उदयपुरको कटहरीमा कार्यरत असई सीताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनी सिआरभी डिउटीमा खटिएका थिए ।

उनलाई चार हजार घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ। उनीमाथि अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot