Logo

सिमावर्ती क्षेत्रमा भारतीय सुरक्षा अधिकारीसहित स्थानीय बासिन्दाद्वारा प्रदर्शन



सर्लाही, ३१ जेठ । भारतीय सिमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान मृत्यु भएका एक भारतीय नागरिकको शव राखेर भारतीय सुरक्षा अधिकारीसहित स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।

शुक्रबार साँझ साँढे ५ बजे देखि शबिनार बिहान करिब ४ बजेसम्म मृतकको शव दशगजा क्षेत्रमै राखेर भारतीय पक्षले दबाब सिर्जना गरेको सर्लाहीका सुरक्षा अधिकारीहरुले बताएका छन् । घटनास्थलमा प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठसहित सुरक्षा अधिकारी एवं भारतीय पक्षका सिमा सुरक्षाबलका अधिकारीहरु घटनास्थलमै रहेका थिए ।

सुरक्षा स्रोतका अनुसार भारतीय समकक्षी घटनास्थलमा नआएकाले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी भने घटनास्थल गएका छैनन् भारतीय सुरक्षा अधिकारीले तत्कालका लागि शवको राजनीति गरेर सशस्त्र प्रहरीको हतियार खोसेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई छुटाउने र पछि मृत्यु एवं घाईतेहरुको पक्षमा थप दबाब सिर्जना गर्ने मनसाय राखेको जानकारहरु बताउँछन् ।
‘दशगजा क्षेत्रमा लास राखेर प्रदर्शन गराउनु भनेको तत्काल पक्राउ परेका आफ्ना नागरिक छुटाउने भारतीय पक्षको प्रपंच हो’, एक जानकार भन्छन् ।

आफ्ना नागरिक छुटाएपछि अनि बल्ल मृतक र घाईतेको क्षतिपूर्ती लगायत अन्य बारेमा भारतीय पक्षले थप दबाब सिर्जना गर्ने देखिएको छ । नेपालतर्फका सुरक्षा अधिकारीहरुले पनि पक्राउ परेका भारतीय नागरिकलाई त्यतिकै छाड्ने र भारतीय नागरिकको मृत्यु एवं घाईते भएको घटनाका विषयमा भारतीय पक्षले कुनै कुरा नउठाउने शर्त मान्न तयार हुनेगरी तयारी गरिरहेको स्रोतले जनाएको छ ।

यद्यपी प्रजिअ जिसीले भने शुक्रबार दिउँसैदेखि सशस्त्र प्रहरीको हतियार खोसेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई कानून बमोजिक कार्बाही गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाइरहेका छन् ।शुक्रबार बिहान भारतीय समूहसँग झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुईजना घाईते भएका थिए । झडपका क्रममा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मी समेत घाईते भएका छन् ।

नेपालतर्फ नारायणपुर नाकाअन्तर्गत भारतीय सितामाढी जिल्ला दरबार लालबन्दी गाउँबाट आएको भारतीय समूहसँगको झडपका क्रममा आत्मरक्षाका लागि सिमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।सशस्त्र प्रहरीका सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको थियो । छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot