Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो



३१ जेठ : विश्व स्वास्थ्य संगठनले कोभिड–१९को सङ्क्रमण विश्वव्यापी महामारीका रूपमा फैलिएको घोषणा गत मार्च ११ मा गरेको थियो । अहिलेसम्म विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७६ लाखभन्दा बढी पुगेको र चार लाख २४ हजार सङ्क्रमितको मृत्यु भएको पुष्टि अमेरिकी जोन हकिन्स विश्वविद्यालयले गरेको छ ।

विश्वभर हेर्दा अमेरिकामा २० लाखभन्दा बढी २१ लाख १७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने अमेरिकामा मृत्यु हुनेको सङ्ख्या एक लाख १६ हजार ८४० पुगेको छ ।

त्यसैगरी सङ्क्रमितका हिसाबले रूस, भारत र बेलायत क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् । रूसमा सङ्क्रमितको सङ्ख्या पाँच लाख २० हजारभन्दा बढी पुगेको छ भने छ हजार ८२९ को मृत्यु भएको छ ।

भारतमा तीन लाख १० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेको पुष्टि भएको छ भने भारतमा शनिबारसम्ममा आठ हजार ८९५ जनाको मृत्यु भएको छ ।

बेलायतमा शनिबारसम्ममा दुई लाख ९२ हजार ९५० व्यक्ति सङ्क्रमित भएका छन् भने बेलायतमा कोभिड–१९ पुष्टि भएका मृतकको सङ्ख्या ४१ हजार ४८१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot