Logo

कपिल शर्माको ‘शो’ मा यसकारण जाँदैनन् आमिर खान



मुम्बई, असार ७ । बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् ।

अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर खान भने अझै पुगेका छैनन् ।

धेरै कलाकार फिल्मको प्रचारका बेला कपिलको कार्यक्रममा आउन चाहन्छन् । कपिलको कार्यक्रम निकै लोकप्रिय भएका कारण पनि कलाकारहरुले फिल्मको प्रचारका लागि उनको शोमा जाने गर्छन् ।

कपिलको शो चलिरहेका बेला आमिरका कैयन् फिल्म प्रदर्शन भए तर उनी कार्यक्रममा गएनन् । कपिलको शोलाई आमिरले प्रचारको माध्यम नै ठानेनन् ।

त्यसो त आमिर खानको प्रचारको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उनले गजनी, थ्री इडियट्स फिल्म रिलिजका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।

जब फिल्मको प्रचारको नै आवश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ? कतिले त आमिरलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot