Logo

क्यान्सर लागेकी युवतीले १३ दिनमा विश्व घुमेपछि…



सामान्यतया ठुला रोग लागेका मानिसहरु घरबाट बाहिर निस्कन चाहादैनन् । तर क्यान्सर जस्तो रोग लागेकी एक युवतीले १३ दिनमा विश्व घुमेर चकित पारीदिएकी छिन् । छालाको क्यान्सरबाट पिडित मेगन सुलिवेन नामकी यी युवतीले आफ्नो केटासाथीसँग ३० हजार किलोमिटरको पूरा यात्रा गरेकी हुन् । जुन निकै आश्चर्यको विषय हो ।

३१ वर्षिया मेगन यस अघिपनि दुर्घटनामा परेकी थिइन् । दुर्घटना पछि क्यान्सर भएको हो । क्यान्सरबाट राहत पाउनलाई टाउकाको सर्जरी गर्दा पनि बाँचेकी मेगनको पछिल्लो समय नयाँ केटा साथीसँग विश्व हेर्न बाहिर निस्केकी हुन् ।

अमेरीकामा बस्ने मेगनले यात्राको क्रममा ब्राजिल, मेक्सिको, जोर्डन, पेरु, इटाली, भारत र चीनमा भएका सात आश्चर्य १३ दिनको यात्रामा देखेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot